बलत्कार आरोपी सन्दीप लामिछानेले फरार भएकै हुन् त ?

क्रिकेट

काठमाडौं : बलात्कार आरोप लागेपछि निलम्बनमा परेका नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने भागेका छन् । क्यारेवियन प्रिमियर लिग (सीपीएल) का लागि जमैकामा रहेका उनी दुई दिनअघि त्यहाँबाट हिंडेका थिए । तर, अझैसम्म नेपाल आइपुगेका छैनन् । लामिछानेले आफू लिग बीचैमा छाडेर केही दिनमै नेपाल फर्किन लागेको जनाकारी सामाजिक सञ्जालमार्फत गराएका थिए ।

लामिछानेले नेपालको कानुन मान्ने भन्दै आरोपको सामना गर्न तयार हरेको बताएका थिए । तर, जमैकाबाट हिंडेको दुई दिनसम्म नेपाल नआउनुले उनी अन्यत्रै भागेको आशंका गरिएको छ । लामिछानेले नेपाल आउन कुनै पनि विमान कम्पनीको टिकट नलिएको विमानस्थल अध्यागमन सुरक्षा कार्यालयले जनाएको छ । तर, उनलाई अध्यागमनले कालो सूचीमा राखेको छ ।

नेपाल आएलगत्तै फक्राउ गर्न उनलाई कालो सूचीमा राखिएको अध्यागमन सुरक्षा अधिकारीहरु बताउँछन् । ती अधिकारीका अनुसार सुरक्षा निकायलाई अलर्ट राखिएको छ । प्रहरीले इन्टरपोलमार्फत लामिछानेले दुई दिनअघि नै जमैका छाडेको जानकारी पाइसकेको छ । नेपाल क्रिकेट संघ (क्यान) ले पनि लामिछाने दुई दिनअघि नेपालका लागि हिंडेको जानएको छ । तर, उनी नेपाल नआई कता गए भन्ने जानकारी क्यान पदाधिकारीलाई छैन ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
5