के सन्दीप भारतको बाटो हुँदै लकेर नेपाल छिरेका हुन् ?

समाचार

काठमाडौं : प्रहरीको फरार सूचीमा रहेका क्रिकेटर  सन्दीप लामिछाने भारतको बाटो हुँदै नेपाल प्रवेश गरेको बताए पनि प्रहरीले भने पुष्टि गर्न सकेको छैन । उनी ‘क्यारेबियन प्रिमियर लिग’ खेल्नका लागि वेष्ट इन्डिज पुगेका थिए । नेपालमा उनी विरुद्ध पक्राउ पुर्जी जारी भएपछि उनलाई उक्त लिगको टिमले पनि निकालिसकेको छ ।

ब ला त्कृत युवतीले दिएको उजुरीका आधारमा उनलाई प्रहरीले खोजी गरिरहेको छ । लामिछानेले यही भदौ ५ गते नगरकोट घुमाएर राति काठमाडौं होटलमा ल्याएर एकजना नाबालिग किशोरीलाई ब ला त्का र गरेको अभियोगमा प्रहरी उनको खोजीमा छ ।

कतिपयले सन्दीपले विदेशबाटै कानुनविदहरुसँग परामर्श गरिरहेको दाबी गर्दै आएका छन् भने कतिपयले भारतको बाटो हुँदै नेपाल आइसकेको आशंका गरेका छन् ।

उनी हवाइ मार्गबाट नेपाल आइपुगेको सूचना प्रहरीमा छैन । उनलाई अध्यागमन विभागले कालोसूचीमा समेत राखेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयका प्रमुख डीआईजी श्यामलाल ज्ञवालीले सन्दीप विमानस्थलमा आइपुग्नेबित्तिकै पक्राउ पर्ने बताएका छन् ।

प्रहरीका अनुसार सन्दीप कहिले आउने भन्नेबारे एकिन सूचना आइसकेको छैन । सन्दीपले भने आफु निर्दोष रहेकाले कानुनी लडाई लड्ने र नेपाल आउने बताएका थिए ।

जाहेरी दिने किशोरी सन्दीपकै साथीको साथी रहेको खुलेको छ । सन्दीपकै साथीले उनीहरू दुईजनाबीच चिनजान गराइदिएकी थिइन् । काठमाडौंको ‘होटल काठमाडौं इन’मा राति सन्दीपले ती किशोरीलाई पटक–पटक बलात्कार गरेको उजुरीमा उल्लेख छ ।

प्रहरीका अनुसार सो होटलको सीसीटीभी फुटेजमा पनि सन्दीप र पीडित किशोरी सँगै देखिएका छन् । होटेल काठमाडौं इनको सीसीटीभी फुटेजमा उनीहरू राति ११:५५ बजे होटेल प्रवेश गरेको देखिएको छ । बिहान ६:४५ मा दुवैजना सँगै बाहिर निस्किएको देखिएको छ । सन्दीप नेपाल नआए के हुन्छ भन्ने अन्योल भैरहेका बेला त्यहाँबाट फर्केका सन्दीप भने नेपाल आएको सूचना छैन ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
3
+1
1
+1
0
+1
0
+1
1
+1
2