यू–१७ साफ च्याम्पियनसिप : उपाधिका लागि आज नेपाल र भारत भिड्दै

समाचार

काठमाडौं । साफ यू–१७ च्याम्पियनसिप फुटबलको फाइनल खेलमा आज नेपालले भारतसँग प्रतिस्पर्धा गर्दैछ । कोलम्बोको रेस कोर्स ग्राउण्डमा हुने नेपाल र भारतबीचको फाइनल खेल राति ८:१५ बजे सुरु हुनेछ ।

आजको खेलमा जित निकाल्दै नेपाल उपाधि रक्षा गर्ने योजनामा छ । समूह चरणमा अपराजित हुँदै नेपाल फाइनल पुगेको हो । नेपालले समूह चरणको अन्तिम खेलमा भारतलाई ३–१ गोल अन्तरले हराएको थियो । त्यसैले आज नेपाल आफ्नो लयलाई कायम राख्न चाहन्छ ।

नेपालले सेमिफाइनल खेलमा श्रीलंकालाई ६–० गोल अन्तरले हराएको थियो । यता साविकको विजेता भारत पनि उपाधि उचाल्ने योजनामा छ । तुलनात्मक रुपमा भारत नेपालमाथि हावी हुँदै आएपनि यो सिजन भने नेपालको प्रदर्शन उत्कृष्ट छ ।

नेपाली टोलीका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले आफूहरु उपाधिका लागि खेल्ने बताए । भारतविरुद्धको खेल सहज नहुने बताउँदै उनले आफूहरुले उत्कृष्ट प्रदर्शन गर्दै उपाधि जित्ने बताए । प्रतियोगितामा नेपाल अपराजित रहदै फाइनल पुगेको हो । भारतले भने समूह चरणमा एक हार व्यहोरेको थियाे ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0