नेपाललाई ४-० ले हराउँदै भारतले जित्यो साफ यु-१७ च्याम्पियनसिपको उपाधी

फुटबल

काठमाडौं । नेपाल फुटबलको उपाधि यात्रामा पुनः एकपटक भारत तगारो बनेको छ । नेपाली युवा टोली श्रीलंकामा सम्पन्न साफ यू–१७ च्याम्पियनसिपमा भारतसँग ४–० ले पराजित भएको छ । यससँगै नेपाल फेरि उपाधिबाट वञ्चित भएको छ ।

पहिलो पटक १७ वर्ष उमेर समूहमा खेलाइएको प्रतियोगितामा नेपालले भारतलाई लिग चरणमा ३–१ ले हराएको थियो । तर, नेपालले त्यही लय फाइनलमा भने दोहाेर्‍याउन सकेन । यससँगै भारत नेपालसँग बदला लिँदै उपाधि उचाल्न सफल भएको छ ।

१५ वर्ष उमेर समूहमा भएको अघिल्लो संस्करणमा पनि नेपाल भारतसँगै पराजित भएको थियो । भारतले सेमिफाइनलमा बंगलादेशलाई २–१ ले हराएको थियो भने नेपालले आयोजक श्रीलंकालाई ६–० ले हराउँदै फाइनलको यात्रा तय गरेको थियो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0