‘नेपालको पक्षमा नतिजा नआएमा म जिम्मा लिन्छु, खेलाडीलाई दोष नदिनुहोला’ : प्रशिक्षक अलमुताइरी

फुटबल

काठमाडौं । नवनियुक्त नेपाली प्रशिक्षण अब्दुल्लाह अलमुताइरीको प्रशिक्षणमा नेपालले इराकविरुद्ध पहिलो खेल खेल्दै छ। एन्फाले औपचारिक रुपमा उनलाई चैत २२ गते राष्ट्रिय टोलीको मुख्य प्रशिक्षकको जिम्मेवारी दिएपछिको यो उनको पहिलो खेल हो । उनले इराकबिरुद्ध हुने खेलका लागि २३ सदस्यीय टिमको घोषणा गर्दा निकै आलोचना खेप्नु परेको थियो ।

अलमुताइरीले भरत खवास, रञ्जित धिमाल, शेसेहाङ आङदेम्बे, रवि पाशवान, निशान खड्का, विवेक बस्नेत, नितिन थापा, दर्शन गुरुङजस्ता खेलाडीहरुलाई विश्राम दिएर नयाँ खेलाडीलाई मौका दिएपछि कतिपयले उनको छनोटमाथि प्रश्न नै खडा गरेका थिए । तर उनले भने यो युवा टिमले अहिले हारेपनि दुई बर्षपछि जित्ने बताउदै आएका छन् ।

यसैबिच हिजो इराक पुगेको नेपाली फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाली टिमको राम्रो नतिजाका लागि केहि धैर्य गर्नका लागि आग्रह गरेका छन । आफ्नो सोसियल मिडियामा नेपाली फुटबल समर्थकलाई विशेष अपिल गर्दै उनले सबै समर्थकलाई संयमित भएर नेपाली टिमलाई साथ र सपोर्ट दिनका लागि अनुरोध गरेका छन ।

त्यस्तै प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले इराकविरुद्धको मैत्रीपूर्ण खेलले नेपाललाई छनोट प्रतियोगितामा फाइदा पुग्ने बताए।’इराकको र कुवेतको वातावरण उस्तै भएकाले इराकविरुद्धको मैत्रीपूर्ण खेलबाट फाइदा पुग्ने आसा छ,’ अब्दुल्लाहले भने। उनि कुवेती नागरिक भएकाले कुवेतको वातावरणसँग परिचित छन् ।

यस्तो छ कोचको अपिल

प्रिय नेपाली फ्यान … प्रिय नेपाली फुटबल प्रेमीहरु मैले तपाईहरुले गर्नु भएको सबै कमेन्ट पढेको छु र तपाईंको साथ र समर्थनको लागि सबैलाई धन्यवाद दिन चाहन्छु । साथै हाम्रो युवा टिमले ल्याउने राम्रो नतिजाको लागि केहि धैर्य गरिदिनु हुन अनुरोध गर्दछु । हामीले नयाँ तरिका र नयाँ सिस्टमको थालनी गरेका छौ । जुन सुरुवातको बेला केहि कठिन हुने गर्दछ । त्यसैले अहिले नतिजा केहि अनुकुल नआएपनि खेलाडीहरुलाई दवाब नदिन आग्रह गर्दछु । युवा टिमले अहिले हारेपनि हामी भबष्यमा जित हासिल गर्नेछौ । अहिले यदि नतिजा खराब आएपनि त्यसको दोष खेलाडीहरुलाई दोष नदिन आग्रह गर्दछु । यसको सबै दोष म आफु लिन्छु ‘। जय नेपाल ।

यस्तो छ नेपाली टोली

गोलरक्षक : किरण चेम्जोङ, विशाल सुनार, दीप कार्की
डिफेन्डर : रोहित चन्द, अनन्त तामाङ, दिनेश राजवंशी, गौतम श्रेष्ठ, सुमन अर्याल, विकास खवास
मिडफिल्डर : विशाल राई, मनिष डाँगी, एरिक विष्ट, कमल थापा, सन्तोष तामाङ, सुमन लामा, सुनिल बल, सुरज जिउ ठकुरी, पुजन उपरकोटी, आयुष घलान
फरवार्ड : अभिषेक रिजाल, अन्जन विष्ट, नवयुग श्रेष्ठ, आशिष लामा

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
3
+1
1
+1
0
+1
2
+1
1
+1
0