मेसिले रोनाल्डोलाई उछिन्दै बनाए अर्को गजबको किर्तिमान

समाचार

काठमाडौं : च्याम्पियन्स लिगको समुह चरणको खेलमा मकाबी हाइफाविरुद्ध गोल गर्दै लियोनेल मेस्सीले क्रिस्टियानो रोनाल्डोलाई एक अर्को कीर्तिमानमा उछिनेका छन् । पेरिस सेन्ट जर्मेनका स्टार खेलाडीले बुधबार इजरायली क्लबविरुद्ध खेलको ३७ औँ मिनेटमा गोल गरेका थिए ।

सो गोल च्याम्पियन्स लिगमा उनले गोल गरेको ३९ औँ फरक क्लबविरुद्ध थियो । यो सिजन म्यानचेस्टर युनाइटेडबाट च्याम्पियन्स लिग खेल्न चुकेका रोनाल्डोले ३८ वटा फरक क्लबविरुद्ध गोल गरेका छन् ।

त्यस्तै, सात पटकको बालोन डि ओर विजेता मेस्सी च्याम्पियन्स लिगको १८ वटा सिजनमा गोल गर्ने पहिलो खेलाडी बनेका छन् । यो कीर्तिमानमा उनीसँग नजिक रियल म्याड्रिडका फरवार्ड करिम बेन्जेमा मात्र रहेका छन् । यो सिजन उनले च्याम्पियन्स लिगमा गोल गरे मेस्सीको कीर्तिमानलाई बराबरी गर्न सक्नेछन् ।

बुधबार मेस्सीको गोलको मद्दतले पीएसजी ३-१ को जीत हासिल गरेको थियो । उनले किलियान एम्बाप्पेको दोस्रो गोलका लागि अवसर पनि सिर्जना गरेका थिए ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0