बंगलादेशलाई धुल चटाउँदै साफ च्याम्पियन बन्ने नेपाली चलिहरुको इच्छा

फुटबल

काठमाडौं : साफ च्याम्पियनसिप फुटबलमा नेपाली महिला फुटबलको खासै राम्रो इतिहास छैन । महिला फुटबल टोल विगतका पाँच साफ फुटबल च्याम्पियनसिपमा मध्य चारमा फाइनल पुगेर नतिजा भारतलाई सुम्पेको छ। नेपाल एक पटक पनि च्याम्पियन बन्न सकेको छैन । नेपाल फाइनल पुगेको क्षणमा भारत तगारो बनेको छ । तर, यो पटक भने अवस्था बेग्लै छ । नेपाली टोलीले फाइनलमा बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ ।

सन् २०१६ को साफ फुटबलको फाइनलमा भारतसँग हारेको बंगलादेशले यो पकट भने नेपाललाई प्रतिद्वन्द्वी पाएको हो । नेपाल यो पटक बंगलादेशलाई हराएर ऐतिहासिक सफलता प्राप्त गर्ने योजनामा छ । नेपालका मुख्य प्रशिक्षक कुमार थापाले नेपाली टोली सबै खाले रुपमा उपाधिका लागि तयार भएको बताएका छन् ।

उनले नेपालले बंगलादेशलाई हराएर उपाधि जित्दै घरेलु दर्शकलाई खुसी पार्ने योजना बनाएको बताए । ‘नेपाली टोलीको नजर उपाधि माथि छ । नेपालले उपाधि जित्ने बाहेक अन्य कुरामा विषेश योजना बनाएको छैन । हाम्रो मुख्य योजना भनेको नै उपाधि हो,’ मुख्य प्रशिक्षक थापाले भने । थापाले बंगलादेश पनि बलियो टोली भएकाले आफूहरु पूर्ण रुपमा तयार भएको बताए । घरेलु समर्थक आफूहरुको लागि उपाधि जित्ने मुख्य आधार भएकाले आफूहरु समर्थकलाई खुसी पार्ने बताए ।

‘समर्थक हामीहरूका लागि जितको मुख्य आधार हुन् । नेपालले साफको पहिलो उपाधि जित्दै छ । त्यसका लागि हामी तयार छौं । त्यसमाथि घरेलु समर्थकसँग बेग्लै अनुभूति हुनेछ,’ थापाले भने । यता नेपाली टोलीकी कप्तान एन्जिला तुम्बापु सुब्बाले खेलाडीहरु साफको फाइनलका लागि पूर्ण रुपमा तयार भएको बताएकी छन् । उनले नेपाली टोलीले घरेलु मैदानमा हुन लागेको यो साफलाई खेर जान नदिने बताइन् ।

यता बंगलादेशकी कप्तान सविना खातुनले घरेलु समर्थकको अघि खेल्न धेरै दवाव भएपनि आफ्नो खेलाडीहरूले कुनै पनि दवाव सम्हाल्न सक्ने अनुभव भएको बताइन् । ‘घरेलु समर्थकको अघि खेल्न धेरै चुनौतीहरु छन् । तर, पनि हाम्रो टि सबै खाले चुनौतीहरु समाधन गर्ने अवस्थामा भएकाले हामी तयार छौं,’ सविनाले भनिन् । नेपाल र बंगलादेशबीचको खेल नेपाली समय अनुसार आज साँझ ५ : ३० बजे सुरु हुनेछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0