रूसलाई युरो २०२४ को छनौट खेल्न प्रतिबन्ध

समाचार

काठमाडौं : युइएफएले रूसलाई २०२४ को युरो छनौटबाट प्रतिबन्ध लगाएको छ । रूसलाई युक्रेन आक्रमण पछि फिफा र युइएफएले २०२२ फेब्रुअरीमा प्रतिबन्ध लगाएका थिए । सोहि प्रतिबन्धको निरन्तरता स्वरूप रुसले युरो २०२४ को छनौट प्रतियोगिता खेल्न नपाउने भएको छ ।

रसियालाई फिफाले यस अघि विश्वकप छनौटमा समेत प्रतिबन्ध लगाएको थियो । यो प्रतिबन्धपछि रसियाले लगातार दुई ठुला प्रतियोगिताबाट बाहिरएको छ । युक्रेन आक्रमणपछि रसियन क्लबहरु र रसियन राष्ट्रिय टिमलाई फिफा र युइएफएले आफ्ना फुटबल प्रतियोगिताबाट प्रतिबन्ध लगाएका छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0