इन्डोनेसियामा फुटबल खेलका क्रममा भएको भागदौडमा १२७ जनाको मृत्यु

समाचार

एजेन्सी : इन्डोनेसियाको फुटबल खेलका दौरान भागदौड मच्चिँदा कम्तिमा १ सय २७ जनाको मृत्यु भएको छ । हुलदङ्गा मच्चाउने समर्थकमाथि प्रहरीले टियर ग्यास प्रहार गरेपछि भागदौड मच्चिएको अधिकारीहरूले बताएका छन् ।

पूर्व जाभामा अरमेरा एफसीले परसेबाया सुराबायाविरुद्धको खेल हारेपछि हुलदङ्गा सुरु भएको थियो । भिडियोमा अन्तिम सिट्टीलगत्तै समर्थकहरू मैदानमा प्रवेश गरेको देखिन्छ । त्यसलगत्तै प्रहरीले टियर ग्यास प्रहार गरेको र यसले गर्दा भागदौड मच्चिएको प्रहरी प्रमुख निको अफिन्ताले बताए ।

उनले मृत्यु हुनेमा दुई जना प्रहरी अधिकारीहरू पनि रहेको जानकारी दिए । ‘३४ जनाको स्टेडियमभित्र र बाँकीको अस्पतालमा मृत्यु भएको हो,’ उनले भने । सामाजिक सञ्जालमा सेयर गरिएका भिडियोमा शवहरू मैदानमा यत्रतत्र छरिएको देखाइएको छ । इन्डोनेसियाको फुटबल एसोसिएसनले घटनाको छानबिन सुरु गरेको छ भने त्यहाँको शीर्ष लिग बीआरआई लिगा वानलाई एक हप्ताको लागि स्थगित गरिएको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0