लेवान्डोस्कीको निर्णायक गोलमा मालाेर्काविरुद्ध बार्सिलोना विजयी

फुटबल

काठमाडौं । स्पेनिस ला लिगाअन्तर्गत गएरातिकाे खेलमा बार्सिलाेना विजयी भएकाे छ । ऊ घरेलु टाेली मालाेर्काविरुद्ध १–० ले विजयी भएकाे हाे । ​इबेराेस्टर स्टेडियममा खेलकाे २० औं मिनेटमा राेबर्ट लेवान्डोस्कीले गरेकाे एक मात्र गाेल बार्सिलाेनालाई जित दिलाउन पर्याप्त बन्याे ।

उनले अन्सु फातीकाे पासलाई पाेस्टकाे दिशा दिएका थिए । जितसँगै ७ खेलमा १९ अंक जाेडेकाे बार्सिलोना शीर्ष स्थानमा उक्लिँदा पराजित मालाेर्का समान खेलबाट ८ अंकका साथ १० औं स्थानमा छ । लिगअन्तर्गतकै अन्य खेलमा एथलेटिकाे मड्रिड र रियल भालाडेलिडले पनि जित हात पारेका छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0