मेसी र नेइमारको गोलमा पीएसजी विजयी

फुटबल

काठमाडौं । फ्रेन्च लिग वानअन्तर्गत गएरातिकाे खेलका घरेलु टाेली पेरिस सेन्ट जर्मेन (पिएसजी) ले जित हात पारेकाे छ । उसले नाइसविरुद्ध २–१ काे जित हात पारेको हाे ।

पार्क डेस प्रिन्सेसमा खेलकाे २९ औं मिनेटमा लियाेनल मेस्सीले गोल गर्दै पिएसजीलाई सुरुवाती अग्रता दिलाएका थिए । ४७ औं मिनेटमा नाइसका गेटन लाबोर्डेले खेल बराबरीमा ल्याएका थिए ।

८३ औं मिनेटमा केलियन एम्बाप्पेले गाेल गरेपछि पिएसजीले २–१ काे रोमाञ्चक जित निकाल्यो । जितसँगै ९ खेलमा २५ अंक जाेडेकाे पिएसजी शीर्ष स्थानमा उक्लिँदा पराजित नाइस समान खेलबाट ८ अंकका साथ १३ औं स्थानमा छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
1