बेन्जेमा पेनाल्टीमा चुक्दा ओसासुनासँग बराबरीमा रोकियो रियाल

फुटबल

काठमाडौं । करिम बेन्जेमा पेनाल्टीमा गोल गर्न चुकेको खेलमा रियाल मड्रिड आइतबार राति स्पेनिस ला लिगामा दश खेलाडीमा सीमित बनेको ओसासुनासँग १–१ को बराबरी खेलेको छ ।

बराबरी खेलेपछि रियालले लिगको शीर्ष स्थानमा उक्नले मौका गुमाएको छ । रियाल र शीर्ष स्थानमा रहन सफल बार्सिलोनाको समान १९ अंक छ । तर, गोलअन्तरमा बार्सिलोना अगाडि छ । पराजित ओसासुना १३ अंकका साथ छैटौँ स्थानमा छ ।

घरेलु मैदान सान्टियागो बेर्नाबेउमा रियालले ४२औं मिनेटमा भिनिसियस जुनियरको गोलबाट अग्रता लिएको थियो । डेबिड अलाबाको पासमा जुनियरले गरेको क्रस विपक्षी गोलकिपरको अगाडि ‘ड्रप’ भएर पोष्टमा छिरेको थियो । ५०औं मिनेटमा ओसासुनाका किकेले बराबरी गोल फर्काए । युनाई गार्सियाको क्रसलाई किकेले हेडमार्फत पोष्टको दिशा दिएका हुन् ।

७९औं मिनेटमा डेबिड गार्सियाले बेन्जेमालाई फाउल गरेपछि रियाल मड्रिडले पेनाल्टी अवसर पाएको थियो । रेफ्री गुइलेर्मो क्वार्डाले सुरुमा पेनाल्टी दिएका थिएनन् । तर, पछि भिडियो सहायक रेफ्रीको सहायता लिएपछि उनले आफ्नो निर्णय परिवर्तन गरेर रियाललाई पेनाल्टी अवसर दिएका थिए ।

तर, बेन्जेमाले हानेको पेनाल्टी प्रहार ओसासुनाका गोलकिपर सर्जियो हरेराले बचाइदिएका थिए । रियालले अब बुधबार राति च्याम्पियन्स लिगमा शाख्तर डोनेस्कसँग प्रतिस्पर्धा गर्नेछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0