यू-१७ एसियन कप छनोटमा आज नेपाल र भियतनाम भिड्दै

Uncategorized

काठमाडौं : एएफसी यू-१७ एसियन कप छनोटको दोस्रो खेलमा आज नेपालले आयोजक भियतनामसँग प्रतिस्पर्धा गर्ने भएको छ । नेपाल र भियतनामबीचको खेल साँझ ५:४५ बजे सुरु हुनेछ ।

फु थोस्थित भियत त्रि स्टेडियममा नेपाल पहिलो जितको खोजीमा हुनेछ । बुधबार भएको पहिलो खेलमा नेपाल थाइल्याण्डसँग ३-० गोल अन्तरले पराजित भएको थियो ।

भियतनाम भने लगातार दोस्रो जितको योजनामा हुनेछ । पहिलो खेलमा आयोजकले चाइनिज ताइपेलाई ४-० ले हराएको थियो । समूह ‘एफ’ मा रहेको नेपाल अंक विहीन रहदै तेस्रो स्थानमा रहेको छ । भियतनाम ३ अंक जोडेर शीर्ष र थाइल्याण्ड दोस्रो स्थानमा रहेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0