म्यानचेस्टर युनाइटेडको नाटकीय जित

फुटबल

काठमाडौ । युइएफए युरोपा लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले ओमोनियालाई पराजित गरेको छ । गएराती सम्पन्न समुह इ अन्तर्गतको खेलमा म्यानचेस्टर युनाइटेडले साइप्रसको क्लब ओमोनियालाई ३-२ गोल अन्तरले पराजित गरेको हो ।

युनाइटेडको जितमा मार्कस राशफोर्डले २ गोल गरेका थिए भने एन्थोनी मार्सियलले एक गोल गरेका थिए । त्यस्तै ओमोनियाका लागि कारिम अन्सारिफार्ड र निकोलस पनायियोटोउले एक एक गोल गरेका थिए ।

यो जितपछि म्यानचेस्टर युनाइटेडको समुह इ मा ३ खेलमा दुई जितसहित ६ अंक भएको छ र समुहमा दोस्रो स्थानमा रहेको छ छ । यसै समुहमा रियल सोसीडियडाडले शेरिफलाई २-० गोल अन्तरले पराजति गर्दै लगातार तेस्रो जित हासिल गरेको छ ।

रियल सोसियडाड ३ खेलमा ९ अंक सहित शिर्ष स्थानमा रहेको छ । त्यस्तै शेरिफको ३ खेलमा ३ अंक छ भने ओमोनियालगातार तीन खेलमा हार बेहोरेर अंक विहिन रहेको छ ।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
2
+1
0