आफै आएका सन्दीपलाई हथकडी लगाएको भन्दै चर्को आलोचना

समाचार

काठमाडौ । नाबालिग बलात्कारको आरोपमा पक्राउ परेका नेपाली क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछानेलाई गौशाला प्रहरी वृत्तमा लगिएको छ । कतार एवरवेजवाट स्वदेश फर्केका लामिछानेले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आत्मसमर्पण गरे लगत्तै नेपाल प्रहरीले पक्राउ गरेर गौशाला लगेको हो ।

बिहीबार नेपाल उत्रिएलगतै सन्दीपलाई प्रहरीले एयरपोर्टबाटै हतकडी लगाएर गौशाला प्रहरी वृत्त लगेपछि सामाजिक सञ्जालमा भने उनलाई हतकडी लगाएको विषयले दिनभर स्थान पायो।

यसअघि जघन्य अपराधको आरोपमा थुनामा रहेका मोहम्मद अफ्ताव आलम तथा बलत्कारकै उजुरी परेका पुर्वसभामुख कृष्णबहादुर महारालाई हतकडी नलागाइएको फोटाहरु राखिएको थियो।

कतिपयले कानुन सबैलाई बराबरी हुनुपर्ने भन्दै सन्दीपको हतकडी लगाउनु ‘ठूलालाई चैन र सानालाई ऐन’ भएको व्यंग्य गरेका थिए। कतिपयले भने फौजदारी मुद्दा लागेपछि हतकडी लगाउनु स्वभाविक भएको प्रतिकृया दिएका थिए।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged