न्युजिल्याण्डका बलिङ कोच भन्छन् : ‘ऋषव पन्त टेष्ट च्याम्पियनशिप फाइनलमा हाम्रो लागी खतरा’

क्रिकेट

काठमाडौं । विश्व टेष्ट च्याम्पियनशिप फाइनल अगाडि न्यूजिल्याण्डको बलिङ कोच शेन जुर्गेनसेनले विश्व टेष्ट फाइनल खेलमा भारतका विकेटकीपर ब्याट्सम्यान ऋषव पन्तसँग सावधान पर्ने बताएका छन् । जुर्गेनसेनले द टेलीग्राफलाई भने, ” पंन्त निकै खतरनाक खेलाडी हुन उनले एकै खेललाई आफ्नो पक्षमा पार्न सक्छन् । उनले जसरी अष्ट्रेलिया र इङ्ल्याण्डका बलरहुको धुलाई गरे यसबाट न्यूजिल्याण्डका बलरहरुले पाठ सिक्नु पर्न उनले बताए ।

“पन्तलाई रोक्न हाम्रा बलरहरुले संयम भएर बलिङ गर्नु पर्नेछ । उनलाई कसरी आउट गर्नु भनेर हामीले बिशेष रणनिती बनाउनु पर्नेछ । “जुर्गेनसेनले भने । “त्यस्तै भारतको बलिङ आक्रमण हाम्रो लागि चुनौती हो। उनीहरूको यस विभागमा धेरै विकल्पहरू छन्। जसप्रीत बुमराहबाट शार्दुल ठाकुरसम्म हामीले चुनौतीको सामना गर्नुपर्नेछ । स्पिनर बलिङमा पनि जडेजा र आश्विनले न्युजिल्याण्डको मुस्किल बढाउने उनको भनाई छ ।

ऋषव पन्त यो बर्ष केरियकै उत्कृष्ट फर्ममा रहेका छन् । उनले शानदार प्रदर्शन गर्दै अष्ट्रेलियामा भारतलाई टेस्ट श्रृंखलामा जिताएका थिए । त्यस्तै भारतमा भएको आईपिएलमा पनि दिल्लीबाट कप्तानि समेत गरेका पन्तले आफ्नो लय कायक राख्दै प्रतियोगिता स्थगित हुनु अगाडी टिमलाई शिर्ष स्थानमा पुर्याएका थिए ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged