पिएसजी छोड्न चाहन्छन् एम्बाप्पे !

समाचार

काठमाडौँ । किलियन एम्बाप्पे र पिएसजीबीच सम्बन्ध बिग्रिएको रिपोर्ट बाहिर आएको छ । मिडिया रिपोर्टका अनुसार किलियन एम्बाप्पेले आगामी जनवरी ट्रान्सफर विन्डोमा क्लब छोड्ने अनुमति मागेका छन् ।

यस सिजनको सुरुवातमा पिएसजीसँग सम्झौता नवीकरण गरेका एम्बाप्पेले क्लब छोड्ने तयारी गरेको बताइएको छ । एम्बाप्पेले रियल म्याड्रिडको प्रस्ताव अस्वीकार गर्दै पिएसजीमै रहने गरि सम्झौता नवीकरण गरेका थिए ।

एम्बाप्पे पिएसजीले सम्झौता नवीकरण गर्दा गरेका प्रतिबद्धता पुरा नगरेको भन्दै क्लब छोड्ने निर्णयमा पुगेको बताइएको छ ।

पिएसजीसँग सम्झौता नवीकरण गर्दा रियल म्याड्रिडका अध्यक्ष फ्लोरेन्टिनो पेरेजलाई आफैले फोन गरेर क्लबमा नाउने जानकारी गराएका एम्बाप्पेले अहिले पनि रियल म्याड्रिड जाने चाहना राखेको बुझिएको छ । तर पछिल्लो घटनाक्रममा रियल म्याड्रिडको कस्तो प्रतिक्रिया हुन्छ भन्ने स्पष्ट भएको छैन ।

चर्चित खेल पत्रकारले एम्बापेको पिएसजीमा अवस्था बारे लेखेका छन्- ‘एम्बाप्पे पिएसजीमा अहिले खुशी छैनन् । अहिलेको अवस्था साच्चै तनावपूर्ण रहेको छ । उनी जतिसक्यो छिटो क्लब छोड्न चाहन्छन् ।’ धेरैले एम्बाप्पे पिएसजीमा खुशी नहुनुको प्रमुख कारण लियोनेल मेसी र नेइमारको केमेष्ट्री रहेको बताएका छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged