नयाँ फिफा बरितामा नेपाल १७१ औं स्थानमा, इराक नेपाल भन्दा १०३ स्थान अगाडि

फुटबल

काठमाडौं, जेठ १३ । विश्व फुटबलको सर्वोच्च निकाय फिफाको आज सार्वजनीक नयाँ वरीयतामा नेपाल यथावत रहेको छ । नयाँ वरीयता अनुसार नेपाल ९ सय ६७ दशमलव ८८ अंकसहित १ सय ७१ औं स्थानमा यथावत रहेको हो । त्यस्तै पर्सी शनीबार नेपालसँग मैत्रीपुर्ण खेल खेल्ने इराक भने बरियतामा ६८ स्थानमा छ।

दक्षिण एसियाली राष्ट्रमा नेपाल तेस्रो स्थानमा रहेको छ ।नेपालभन्दा अघि भारत र माल्दिभ्स रहेका छन् । भारत १०५ औं र माल्दिभ्स १५५ औं स्थानमा रहेको छ । यस्तै नेपाल भन्दा तल भुटान, बंगलादेश, श्रीलंका र पाकिस्तान रहेको छ । बंगलादेश १८४ औं, भुटान १८७ औं, पाकिस्तान १९९ औं र श्रीलंका २०४ औं स्थानमा छन् ।

नयाँ वरीयताको शीर्ष स्थानमा युरोपियन राष्ट्र बेल्जियम यथावत रहेको छ । यस्तै विश्वविजेता फ्रान्स दोस्रो स्थानमा ब्राजिल तेस्रो, इङ्ल्यान्ड चौथो, पोर्चुगल पाँचौ, स्पेन छैटौं, इटाली सातौं, अर्जेन्टिना आठौं, उरुग्वे नवौं र डेनमार्क दशौं स्थानमा छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
56
+1
0
+1
1
+1
5
+1
2
+1
2