लेवानडोस्कीले बार्सिलोनालाई हारबाट बचाए

फुटबल

एजेन्सी । युइएफए च्याम्पियन्स लिगमा बार्सिलोना र इन्टर मिलान बराबरी खेलेका छन् । गएराति भएको खेलमा बार्सिलोना र इन्टर मिलान ३–३ गोलको बराबरी खेलेका हुन् । बार्सिलोनाले घरेलु मैदानमा नोउ क्याम्पमा भएको खेलमा इन्टरविरुद्ध घरेलु टोलीका लेवान्डोस्कीले दुई तथा औसमाने डेम्वेलेले एक गोल गरे । इन्टरका निकोलो बरेल्ला, लोउटारो मार्टिनेज र रोविन गोसेन्सले गोल गरे ।

खेलको ४०औं मिनेटमा औसमाने डेम्वेलेले गोल गर्दै बार्सिलोनालाई सुरुवाती अग्रता दिलाए । ५०औं मिनेटमा निकोलो बरेल्लाले गोल गर्दै इन्टरलाई खेलमा फर्काए ।

६३औं मिनेटमा लोउटारो मार्टिनेजले गोल गर्दै इन्टरलाई खेलमा २–१ ले अघि बढाए । ८२औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । ८९औं मिनेटमा रोविन गोसेन्सले गोल गर्दै इन्टरलाई पुनः खेलमा ३–२ ले अघि बढाए । त्यसपछि इन्ज्युरी समयको थप गरिएको दोस्रो मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बार्सिलोनालाई हारबाट जोगाए ।

यस बराबरीसँगै समूह ‘सी’ मा इन्टर ४ खेलबाट ७ अंक जोडेर दोस्रो स्थानमा यथावत रहँदा बार्सिलोना पनि ४ अंक जोडेर तेस्रो स्थानमा यथावत छ । बायर्न ४ खेलबाट १२ अंक जोडेर अघिल्लो चरणमा प्रवेश गर्दा भिक्टोरिया प्लेजेन अंकविहीन हुँदै पुछारमा छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0