टी- २० विश्वकप आजदेखि शुरू, उद्घाटन खेलमा नामिबिया र श्रीलंका भिड्दै

क्रिकेट

काठमाडौं । आठौं संस्करणको आईसीसी टी–२० विश्वकप क्रिकेट आज आइतबारदेखि अष्ट्रेलियामा सुरु हुँदैछ । उद्घाटनमा खेल नामिबिया र श्रीलंका अहिले बिहान ९ः४५ बजे भिड्नेछन् । नामिबीया आफ्नो दोस्रो विश्वकप खेल्दैछ । पूर्व च्याम्पियन श्रीलंका भने हरेक विश्वकपमा सहभागी रहँदै आएको छ । यी दुई टोली टी–ट्वान्टी अन्तराष्ट्रियमा एक पटक खेलेका छन् । सो भेटमा श्रीलंका ७ विकेटले विजयी भएको थियो ।

आइतबार नै समूह ‘ए’ का यूएई र नेदरल्यान्ड्स दिउँसो १ः४५ बजे भिड्नेछन् । यूएई आफ्नो दोस्रो टी–ट्वान्टी विश्वकप खेल्दै छ । नेदरल्यान्ड्सको यो ५ औं विश्वकप हो । यी दुई टोलीबीचको पछिल्लो पाँच भेटमा चार पटक यूएईले जित हात पार्दा एक खेल नेदरल्यान्ड्सले जितेको छ ।

यस विश्वकपमा १६ राष्ट्र सहभागी रहेका छन् । १६ टोलीमा ८ टोलीले पहिलो राउण्ड खेल्नेछन् । पहिलो चरणमा ४/४ टोलीको दुई समूह रहेकोमा दुबै समूहका शीर्ष दुई टोली दोस्रो राउण्डका लागि छनोट हुनेछन् ।

पहिलो राउण्डको समूह ‘ए’ मा श्रीलंका, नामिबीया, यूएई र नेदरल्यान्ड्स रहेका छन् । समूह ‘बी’ मा वेस्ट इण्डिज, जिम्बाबे, आयरल्याण्ड्स र स्कटल्याण्ड रहेका छन् । दोस्रो राउन्डमा पुगिसकेका आठ टोली र पहिलो राउण्डबाट आउने चार टोली पुनः सुपर १२ मा खेल्नेछन् । यसमा रहेका १२ टोलीलाई पनि ६/६ टोली गरि दुई समूहमा विभाजन गरिनेछ । दुई समूहका शीर्ष टोली सेमिफाईनलमा पुग्ने छन् । यस विश्वकपको फाईनल खेल भने १३ नोभेम्बरमा हुनेछ ।

टि-२० विश्वकपमा हालसम्म ७ संस्करण सकिँदा ६ टोली च्याम्पियन बनिसकेका छन्। दुई पटक विश्वकप जित्ने एक मात्र टोली वेस्टइन्डिज हो। २००७ मा भारत, २००९ मा पाकिस्तान, २०१० मा इंग्ल्यान्ड, २०१२ मा वेस्टइन्डिज, २०१४ मा श्रीलंका, २०१६ मा वेस्टइन्डिज र २०२१ मा अष्ट्रेलिया टी-२० विश्वकप च्याम्पियन बनेका थिए।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0