नेयमारको गोलमा पिएसजीको जित, अपराजित यात्रा कायमै

फुटबल

काठमाडौं । नेयमारको गोलमा शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) ले फ्रेन्च लिग वानमा अपराजित यात्रा कायमै राखेको छ। घरेलु मैदान पार्क डेस प्रिन्सेसमा गएराति भएको खेलमा पिएसजीले मार्सेइलेलाई १–० गोल अन्तरले हराएको हो।

पिएसजीको जितमा पहिलो हाफमा नेयमारले गरेको गोल नै निर्णायक बन्यो। पहिलो हाफको इन्ज्युरी समयमा केलियन एम्बाप्पेको पासमा उनले गोल गरेका थिए। आइतबार राति भएको अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोल गर्ने केही राम्रा अवसर खेर फालेका थिए।

यो जितसँगै शीर्षस्थानमा रहेको पिएसजीको ११ खेलबाट २९ अंक पुगेको छ। पिएसजीले दोस्रो स्थानमा रहेको लोरिएन्टलाई ३ अंकले पछि पारेको छ। समान खेलबाट मार्सेइले २३ अंक जोडेर चौथो स्थानमा छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0