कस्तो अचम्म ! इन्डोनेसियाले १३३ जनाको मृत्यु भएको रंगशाला भत्काउने

समाचार

एजेन्सी : इन्डोनेसियाका राष्ट्रपति जोकोविडोडो केही दिनअघि भागदौडमा १३३ जनाको ज्यान गएको फुटबल रंगशाला भत्काएर पुनर्निर्माण गर्ने बताएका छन् । विश्व फुटबलको प्रशासकीय निकाय फिफाका प्रमुख जियानी इन्फान्टिनोसँग भेटपछि पत्रकारसँगको कुराकानीमा राष्ट्रपति विडोडोले यस्तो घोषणा गरेका हन् ।

‘हामी मलङस्थित कान्जुरुहान रंगशालालाई भत्काउनेछौँ र फिफाको मापदण्ड अनुसार पुनर्निर्माण गर्नेछौं,’ जोकोवीले भने ,‘हामी इन्डोनेसियाली फुटबललाई पूर्ण रूपले रूपान्तरण गर्न सहमत भएका छौं ।’

अक्टोबर १ मा पूर्वी जाभा प्रान्तको मलंग सहरस्थित कान्जुरुहान स्टेडियममा घरेलु क्लब अरेमा फुटबल क्लब र पर्सेबाया सुराबायाबीच खेल भएको थियो । घरेलु क्लबको हारपछि विपक्षी समर्थकहरु झडप हुने डरमा हतारमा रंगशालाबाहिर खोज्दा त्यस दिन दुर्घटना भएको थियो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0