फ्रेड र फर्नानडेजको गोलमा युनाइटेडले टोटेनहमलाई हरायो

फुटबल

काठमाडौँ । प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडले टोटनह्याममाथि महत्वपूर्ण जित हासिल गरेको छ । गएराती सम्पन्न खेलमा म्यानचेस्टर युनाइटेडले टोटनह्यामलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

म्यानचेस्टर युनाइटेडको जितमा फ्रेड र ब्रुनो फर्नानडेजले एक एक गोल गरेका हुन् । दुवै गोल खेलको दोस्रो हाफमा भएका हुन् । यस खेलमा क्रिस्टियानो रोनाल्डो खेलेका थिएनन् ।

यो जितपछि म्यानचेस्टर युनाइटेडको १० खेलमा १९ अंक भएको छ र लिगमा पाँचौ स्थानमा रहेको छ । त्यस्तै टोटनह्यामले भने यो हारपछि दोस्रो स्थानमा उक्लिने अवसर गुमाएको छ । टोटनह्यामको ११ खेलमा २३ अंक छ र लिगमा तेस्रो स्थानमा रहेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0