मेसी र एम्बाप्पे को गोलमा पिएसजी विजयी, अजासिओ ३-० गोल अन्तरले पराजित

फुटबल

काठमाडौं :  फ्रेन्च लिग वान अन्तर्गत पिएसजीले अजासिओलाई पराजित गरेको छ । गएराती सम्पन्न खेलमा पिएसजीले अजासिओलाई ३-० गोल अन्तरले पराजित गरेको हो ।

पिएसजीको जितमा किलियन एम्बापेले दुई गोल गरेका थिए । दुवै गोल मेसीले असिस्ट गरेका थिए । त्यस्तै एक गोल एम्बाप्पेको असिस्टमा मेसीले गरेका थिए । यस खेलमा नेइमार भने खेलेका थिएनन् ।

यो जितपछि पिएसजीको फ्रेन्च लिग वानमा १२ खेलमा ३२ अंक भएको छ र लिगमा शिर्ष स्थानमा कायम रहेको छ । त्यस्तै अजासिओको भने १२ खेलमा ८ अंक छ र लिगमा १८औं स्थानमा रहेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0