यू–१५ नेपाली टोली घोषणा, को को परे ?

समाचार

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले अर्को महिना बंगलादेशमा हुने महिला यू–१५ साफ च्याम्पियनसिपका लागि नेपाली युवा टोलीको घोषणा गरेको छ । टोलीकी मुख्य प्रशिक्षक भगवती रानाले च्याम्पियनसिपका लागि २३ सदस्यीय अन्तिम टोली घोषणा गरेकी हुन् । महिला यू–१५ साफ च्याम्पियनसिप १५–२५ कात्तिकसम्म हुनेछ । प्रतियोगिताका लागि टोली घोषणा गर्ने क्रममा बन्दप्रशिक्षणमा ३० खेलाडी थिए ।

प्रशिक्षक रानाले अन्तिम चरणका लागि २३ खेलाडी छानेकी हुन् । घोषित टोलीमा सानीमाया स्याङ्तान, शिवांगी स्नेही, दिलमाया घिसिङ, यशोधा बोहरा, निर्मला आचार्य, सन्जी थिङ र अनिषा विकले स्थान बनाउन सकेनन् । मुख्य प्रशिक्षक रानालाई सहायक प्रशिक्षक मंगल महर्जन र गोलरक्षक प्रशिक्षक छन्नुराम चौधरीले सहयोग गर्नेछन् ।

ढाकास्थित बिएसएसएसएमके रंगशालामा प्रतियोगिता डबल राउन्डरोबिन लिगका आधारमा हुनेछ । प्रतियोगितामा आयोजक बंगलादेश, नेपाल र भुटानले मात्रै प्रतिस्पर्धा गर्नेछन् । नेपालले पहिलो खेलमा भुटानविरुद्ध १७ कात्तिकमा खेल्नेछ । तालिकाअनुसार नेपालले १९ कात्तिकमा बंगलादेशविरुद्ध प्रतिस्पर्धा गर्नेछ । अर्को चरणमा नेपालले २३ कात्तिकमा भुटानसँग खेल्नेछ । २५ कात्तिकमा नेपाल र बंगलादेशबीच खेल हुनेछ । डबल राउन्डरोबिन लिगपछि शीर्ष टोलीले उपाधि जित्नेछ ।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0