टी-२० विश्वकपमा आज भारत र पाकिस्तानबिच महा भिडन्त, पाकिस्तानले जित्ने संम्भावना धेरै

क्रिकेट टि-२० बिश्वकप

काठमाडौं । अस्ट्रेलियामा जारी आईसीसी ट्वान्टी–२० विश्वकपमा आज दुई चिरप्रतिद्वन्दी भारत र पाकिस्तानबीच प्रतिस्पर्धा हुँदै छ । सुपर–१२ को समूह २ का यी दुई टिमबीचको खेल नेपाली समयअनुसार ०१ः४५ बजेदेखि सुरु हुनेछ । आईसीसी ट्वान्टी–२० वरीयताको शीर्ष स्थानमा रहेको भारत विश्वकपको पछिल्लो संस्करणमा पाकिस्तानसँग १० विकेटले पराजित भएको थियो । जुन विश्वकपमा पाकिस्तानविरुद्ध भारतको पहिलो हारसमेत थियो ।

यसपछि यी दुई टिमबीच हालै सम्पन्न एसिया कपमा दुईपटक प्रतिस्पर्धा भएको थियो । जसमध्ये एक खेल भारतले जित्दा अर्को खेल पाकिस्तानले आफ्नो पक्षमा पारेको थियो । यी दुई टिमबीच हालसम्म ११ ट्वान्टी–२० अन्तर्राष्ट्रिय खेल भएका छन् । जसमा भातरले सात खेल जित्दा पाकिस्तानले तीन खेल आफ्नो पक्षमा पारेको छ ।

यी दुई टिमबीच ट्वान्टी–२० विश्वकपमा हालसम्म ६ पटक प्रतिस्पर्धा भएको छ । जसमध्ये पाँच खेल भारतले जित्दा एक खेलमा मात्र पाकिस्तान विजयी भएको छ । मेलर्बन क्रिकेट रंगशालामा हुने खेलमा भारत रोहित शर्मा र पाकिस्तान बाबर आजमको कप्तानीमा मैदान उत्रिनेछन् ।

आजै हुने पहिलो खेलमा समूह–१ का आयरल्यान्ड र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदै छ । यी दुई टिमबीचको खेल नेपाली समयअनुसार ०९ः४५ बजेदेखि सुरु हुनेछ ।

हेड टू हेड

यी दुई टोलीबीच हालसम्म ११ टी–२० खेल भएका छन् । यो अवधिमा भारतले आठ खेलमा जित हात पारेको छ । पाकिस्तानले तीन खेल मात्र जितेको छ । टी–२० विश्वकपको कुरा गर्ने हो भने यी दुईबीच ६ खेल भइसकेका छन् ।

जसमा भारतले पाँच जित हात पारेको छ भने पाकिस्तानले जित हात पारेको छ । पछिल्लो पटक यसै बर्ष एशिया कपमा भारत र पाकिस्तान खेलेका थिए । सो खेलमा पाकिस्तान विजयी भएको थियो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0