डेम्वेले चम्कँदा एथलेटिक क्लबमाथि बार्सिलोनाको फराकिलो जित

फुटबल

काठमाडौं । औसमाने डेम्बेलेले एक गोल गर्नुका साथै बाँकी तीन गोलमा अवसरमा सिर्जना गरिदिएपछि बार्सिलोनाले आइतबार राति स्पेनिस ला लिगामा एथलेटिक विल्बाउलाई ४–० ले हराएको छ ।

घरेलु मैदान क्याम्प नोउमा डेम्बेलेले रोबर्ट लेवानडोवस्कीको पासमा गरेको गोलबाट बार्सिलोनाले १२औँ मिनेटमा अग्रता लिएका थियो । १८औँ मिनेटमा डेम्बेलेको पासमा सर्जियो रोबर्टोले बार्सिलोनाको अग्रता दोब्बर बनाए । २२औं मिनेटमा लेवानडोवस्कीले तेस्रो गोल थपे । जारी सिजन लिगमा लेवानडोवस्कीको यो १२औँ गोल हो । ला लिगामा धेरै गोल गर्ने खेलाडीको सूचीमा लेवानडोवस्की शीर्ष स्थानमा छन् । सात गोल गरेका जोसेलु र बोर्जा इग्लेसिस क्रमशः दोस्रो र तेस्रो स्थानमा छन् ।

खेल सकिन सात मिनेट बाँकी हुँदा फेरान टोरेसले अर्को गोल थपेपछि बार्सिलोनाले सहज निकालेको हो । लोवानडोवस्की र टोरेस दुबैको गोलमा पनि डेम्बेलेले अवसर सिर्जना गरिदिएका थिए ।

एथलेटिक विल्बाओका प्रशिक्षक इर्नेस्टो भाल्भार्डे २०२० जनवरीमा बार्सिलोनाबाट बर्खास्त भएपछि पहिलोपटक क्याम्प नोउ फर्किएका थिए । तर, उनको भ्रमण सुखद हुन सकेन । सिजनमा उत्कृष्ट सुरुआत गरे पनि एथलेटिक विल्बाओ लगातार चार साता जितबिहीन बनेको छ । जसका कारण ११ खेलबाट १८ अंक जोडेको एथलेटिक विल्बाओ छैटौँ स्थानमा छ ।

जुन चौथो स्थानको रियाल सोसिडाडभन्दा ४ अंकले पछाडि हो । शीर्ष स्थानको रियाल मड्रिडभन्दा १३ अंकले पछाडि हो । समान खेलबाट २८ अंक जोडेको बार्सिलोना दोस्रो स्थानमा छ । बार्सिलोना रियाल भन्दा तीन अंकले पछाडि छ । गत साता बार्सिलोना रियालसँग ३–१ ले पराजित भएको थियो भने बिहीबार राति भिल्लारियालमाथि ३–० को विजय हासिल गरेको थियो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0