मक्काबी हैफालाई पराजित गर्दै पिएसजी च्याम्पियन्स लिगको नकआउट चरणमा

फुटबल

काठमाडौं । युइएफए च्याम्पियन्स लिग अन्तर्गत पिएसजीले मक्काबी हैफालाई फराकिलो अन्तरले पराजित गर्दै नकआउट चरणमा पुगेको छ । गएराती सम्पन्न खेलमा पिएसजीले मक्काबी हैफालाई ७-२ गोल अन्तरले पराजित गरेको हो ।

पिएसजीका लागि लियोनेल मेसी र किलियन एम्बाप्पेले २-२ गोल गरेका थिए भने नेइमार र कार्लोस सोलारले एक एक गोल गरेका थिए । त्यस्तै हैफाका सीन गोल्डबर्गले एक गोल आत्मघाती गोल गरेका थिए । त्यसैगरी मकाबी हैफाका लागि दुवै गोल अबडोउलाय सेकले गरेका थिए ।

यो जितपछि समुह एचबाट पिएसजी ५ खेलमा ११ अंकसहित नकआउट चरणमा पुगेको छ । त्यस्तै यस समुहबाट बेनिफिका पनि ५ खेलमा ११ अंकसहित राउण्ड १६ मा पुगेको छ ।

समुह एचमा रहेको युभेन्टसको ५ खेलमा केवल ३ अंक रहेको छ र एक खेल खेल्न बाँकी रहदै युभेन्टस समुह चरणबाट बाहिरिएको छ । यस समुहबाट मक्काबी हैफा पनि बाहिरिएको छ । हैफाको पनि ५ खेलमा ३ अंक रहेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0