च्याम्पियन्स लिगको समुह चरणबाट बाहिरियो बार्सिलोना

फुटबल

काठमाडौँ । बार्सिलोना च्याम्पियन्स लिगको समुह चरणबाट बाहिरिएको छ । गएराती सम्पन्न समुह सी अन्तर्गतको खेलमा बायर्न म्युनिखसँग ३-० गोल अन्तरले पराजित भएसँगै बार्सिलोना च्याम्पियन्स लिगको समुह चरणबाट बाहिरिएको हो ।

बायर्न म्युनिखको जितमा साडियो माने, एरिक म्याक्सिम र बेन्जामिन पाभार्डले एक एक गोल गरेका थिए । समुह सी बाट बायर्न म्युनिखले ५ खेलमा सबै खेल जितेर १५ अंकसहित यसअघि नै नकआउट चरणमा पुगिसकेको छ भने यस समुह बाट इन्टर मिलान नकआउट चरणमा पुगेको छ ।

त्यस्तै बार्सिलोना लगातार दोस्रो बर्ष समुह चरणबाट बाहिरिएको छ । यस समुहबाट भिक्टोरिया प्लेजेन पनि बाहिरिएको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0