शेरिफलाई पराजित गर्दै युनाइटेड युरोपा लिगको नकआउट चरणमा

फुटबल

काठमाडौं । म्यानचेस्टर युनाइटेड युइएफए युरोपा लिगको नकआउट चरणमा पुगेको छ । गएराती सम्पन्न समुह इ अन्तर्गतको खेलमा म्यानचेस्टर युनाइटेडले शेरिफलाई ३-० गोल अन्तरले पराजित गर्दै नकआउट चरणमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

म्यानचेस्टर युनाइटेडको जितमा डिओगो डालोट, मार्कस राशफोर्ड र क्रिस्टियानो रोनाल्डोले एक एक गोल गरेका थिए । पछिल्लो समय क्लबमा विवादित बनेका रोनाल्डो टिममा फर्किएपछि खेलेको खेलमा गोल गरेर सुखद शुरुवात गरेका छन् ।

यो जितपछि म्यानचेस्टर युनाइटेडको समुह इ मा ५ खेलमा १२ अंक भएको छ । यस समुहबाट रियल सोसियडाड र म्यानचेस्टर युनाइटेड नकआउट चरणमा पुग्ने निश्चित भएको छ । त्यस्तै शेरिफ र ओमोनोइया भने नकआउट चरणबाट बाहिरिएका छन् ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0