जिनेदिन जिदानले रियल मड्रिड छाडे

फुटबल

काठमाडौं । स्पेनिस क्लब रियल मड्रिडका मुख्य प्रशिक्षक जिनेदिन जिदानले क्लबको प्रशिक्षक पदबाट बिहीबार राजीनामा दिएका छन् । सन् २०१९ मा रियलका मुख्य प्रशिक्षक बनेका जिदानले रियलले यस सिजन कुनै उपाधि जित्न नसकेपछि क्लब छाड्न लागेका हुन् ।

जिदानले क्लबका डिरेक्टर र टिमका खेलाडीलाई आफुले क्लब छाड्ने बताईसकेको स्पेनिस पत्रिका एएसले जनाएको छ । यस्तै मड्रिडले एक विज्ञप्तिम निकाल्दै जिदानको निर्णयको सम्मान गर्ने जनाएको छ।

जिदान सन् २०१९ मा दोस्रो पटक रियल मड्रिडका मुख्य प्रशिक्षक बनेका थिए । उनको नेतृत्वमा रियलले २ ला लिगा र ३ पटक च्याम्पियन्स लिग जितेको छ । यो सिजनमा भने एट्लेटिको मड्रिड भन्दा दुई अंकले पछि रहँदै रियल उपाधिबाट चुकेको थियो।

 

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0
Tagged