नेइमारमाथिको ठगी र अनियमितताको आरोप खारेज

समाचार

काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन पीएसजीका खेलाडी नेयमारमाथिको भ्रष्टाचार र ठगी आरोपको मुद्दा फिर्ता भएको छ । स्पेनिस क्लब बार्सिलोनामा अनुबन्ध हुँदा भ्रष्टाचार र ठगी गरेको आरोपमा नेयमार विरुद्ध मुद्दा चलाइएको थियो ।

नेयमारविरुद्ध २ वर्षको जेल सजाय र ८४ लाख पाउण्ड जरिबानाको माग दाबी थियो । तर, अभियोजकहरुले नेयमारविरुद्धको मुद्दा फिर्ता लिएका बीबीसीले जनाएको छ । ३० वर्षका नेयमार २०१३ मा ब्राजिलियन क्लब सान्तोसबाट १४ मिलियन पाउण्डमा बार्सिलोनामा अनुबन्धित भएका थिए ।

यस्तै, नेयमार २०१७ मा बार्सिलोनाबाट पीएसजी आएका थिए । नेयमारसँगै उनका बाबुआमा, बार्सिलोनाका पूर्व दुई अध्यक्ष जोसेप मारिया बार्टोेमेउ र सान्ड्रो रोसेलविरुद्ध समेत मुद्दा दर्ता गरिएको थियो । सबैको मुद्धा फिर्ता भएको छ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
0
+1
0