युभेन्ट्सलाई हराउँदै पिएसजी बन्यो च्याम्पियन्स लिगको समूह उपविजेता

फुटबल

काठमाडौं : फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी)ले च्याम्पियन्स लिगको फुटबलको समूह चरणको अन्तिम खेलमा इटालियन क्लब युभेन्ट्समाथि जित निकालेको छ । बुधबार राति घरेलु टोली युभेन्ट्समाथि २–१ गोलको जित निकालेको पीएसजी समूहको उप–विजेता बन्दै अन्तिम १६ मा प्रवेश गरेको हो ।

पीएसजीलाई जित दिलाउन केलियन एम्बाप्पे र नुनो मेन्डिसले एक–एक गोल गरे । उता युभेन्ट्सका लागि लेनाद्रो बुनिकीले एक गोल गरे । जितसँगै युभेन्ट्स ६ खेलबाट १४ अंक जोडेर समूहको दोस्रो स्थानमा रह्यो । ३ अंक जोडेको युभेन्ट्स यसअघि नै बाहिरि सकेको थियो ।

यसै समूहको अर्काे खेलमा पोर्चुगिज क्लब बेन्फिकाले मकावी तेल हाइफामाथि ४–० को सहज जित निकाल्यो । यो जितले बेन्फिका शीर्ष स्थानमा रहँदै अन्तिम १६ मा पुग्यो । पिएसजी र बेन्फिकालेसमान १४ अंक हुँदा बढी अवे गोलका कारण बेन्फिका शीर्षमा पुग्यो ।​ बेन्फिका र पिएसजीले समान ६ खेलबाट १४ अंक जोड्यो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
1
+1
0