बिश्वकप अगाडि जर्मनीलाई लाग्यो ठुलो झड्का, टिमबाट बाहिरिए यी स्टार खेलाडी

फुटबल

काठमाडौं । चोट भएका जर्मनीका स्ट्राइकर टिमो वेर्नेरले नोभेम्बरमा सरु हुने कतार विश्वकप २०२२ गुमाउने भएका छन् । आरबी लाइपजिकका स्ट्राइकर वेर्नेर बुधबार च्याम्पियन्स लिग अन्तर्गत सख्तर डोनेस्कविरुद्धको खेलमा घाइते भएका थिए ।

सन् २०१७ मा जर्मनीको राष्ट्रिय टोलीबाट डेब्यु गरेका वेर्नेरले ५५ खेलमा २४ गोल गरेका छन् । विश्वकपको समुह ई मा रहेको जर्मनीले नोभेम्बर २३ मा जापानविरुद्धको खेलसँगै कतार विश्वकपमा सुरुवात गर्नेछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
1
+1
0