नेयमार चम्कँदा लोरियन्टविरुद्व पिएसजीको रोमाञ्चक जित

फुटबल

एजेन्सी : फ्रेन्च लिग वानअन्तर्गत आज सम्पन्न खेलमा पेरिस सेन्ट जर्मेनले जित हात पारेको छ । उसले घरेलु टोली लोरियन्टविरुद्व २–१को रोमाञ्चक जित हात पारेको हो । स्टेड डिभेस एलाइनमेन्ट लि मोस्टोइरमा खेलको तेस्रो मिनेटमै नेयमारको गोलमार्फत पिएसजीले सुरूवाती अग्रता लिएको थियो ।

५३औं मिनेटमा तेरेम मोफीले घरेलु टोलीलाई १–१को बराबरीमा ल्याए । ८१औं मिनेटमा डानिलो परेराले गोल गरेपछि पिएसजीले २–१को रोमाञ्चक जित निकाल्यो ।

यो जितसँगै पिएसजीले १४ खेलमा ३८ अंकका साथ शीर्ष स्थानमा कायम रहँदा पराजित लोरियन्ट समान खेलबाट २७ अंक जोड्दै चौथो स्थानमा छ । लिगअन्तर्गतकै अर्को खेलका लेन्सले एन्गर्सविरुद्व २–१ को जित हात पारेको छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
3
+1
4
+1
0
+1
1
+1
7
+1
3