चेल्सीलाई हराउदै आर्सनल शिर्ष स्थानमा

फुटबल

एजेन्सी : आर्सनलले इङलिस प्रिमियर लिगमा चेल्सीलाई हराएको छ । आइतबार राति भएको खेलमा आर्सनलले घरेलु टोली चेल्सीलाई १–० ले हराएको हो ।

स्टाम फोर्ड ब्रिजमा आर्सनलको जितमा दोस्रो हाफमा गाब्रियलले निर्णायक गोल गरे । उनले ६३औं मिनेटमा बुकायो साकाको पासमा गोल गरेका थिए । रोमाञ्चक जित निकाल्दै आर्सनल अंक तालिकाको शीर्षस्थानमा छ ।

आर्सनलले शीर्ष स्थानमा म्यानचेस्टर सिटीलाई २ अंकले पछि पारेको छ । आर्सनल १३ खेलबाट ३४ अंक जोडेको छ । पराजित चेल्सी २१ अंक जोडेर सातौं स्थानमा छ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
1
+1
0