लुका मोड्रीचको कप्तानीमा विश्वकप खेल्ने क्रोएसियाको टोली घोषणा, जित्ला त बिश्वकप ?

फिफा विश्वकप फुटबल
काठमाडौं । अघिल्लो संस्करणको उपविजेता क्रोएसियाले आगामी मंसिर ४ देखि कतारमा आयोजना हुने फिफा विश्वकप २०२२ का लागि अन्तिम टोली घोषणा गरेको छ । अनुभवी मिडफिल्डर लुका मोड्रीचको कप्तानीमा प्रशिक्षक ज्लात्को डालीचले २६ सदस्यीय टोलीको घोषणा गरेका हुन्।
सन् २०१८ को उपविजेताले रियल म्याड्रिडका लुका मोड्रिचलाई चौथो विश्वकपका लागि छनोट गरेको हो। यस्तै मार्सेलो ब्रोजोभिक, माटेओ कोभासिक, डेजान लोभरेन, इभान पेरिसिक र डोमागोज भिडा लगायत अन्य धेरै अनुभवी खेलाडीलाई समेटेर विश्वकप टोलीफ तयार पारेको छ। क्रोएसिया विश्वकपको समूह एफमा रहेको छ । क्रोएसियाको समूहमा बेल्जियम, मोरोक्को र क्यानडा छन्। क्रोएसियाले पहिलो खेलमा आगामी मंसिर ७ गते मोरक्कोको सामना गर्नेछ।
यस्तो छ क्रोएसियाली टोली:
गोलरक्षक : डोमिनिक लिभाकोभिच, इभिका इभुसिच, इवो ग्रिबिच
डिफेन्डर : डोमागोज भिडा, डेजान लोभ्रेन, बोरना बरिसिच, जोसिप जुरानोभिच, जोस्को भार्डीओल, बोरना सोसा, जोसिप स्टानीसिच, मार्टिन एर्लिच, जोसिप सुटालो
मिडफिल्डर : लुका मोड्रीच, मटियो कोभाचिच, मार्सेलो ब्रोजोभिच, मारियो पासालीच, निकोला भ्लासिच, लोभ्रो माहेर, क्रिस्टियन जाकिच, लुका सुचिच
फरवार्ड : इभान पेरिसिच, आन्द्रे क्रामारिच, ब्रुनो पेक्टोभिच, मिस्लाभ ओर्सिच, आन्टे बुडीमिर, मार्को लिभाजा
Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
2
+1
0