पोग्वा र कान्टेलाई बाहिर राख्दै बलियो फ्रान्सको विश्वकप टोली घोषणा, को को परे ?

फिफा विश्वकप फुटबल

काठमाडौं । साबिक विजेता फ्रान्सले कतार फिफा विश्वकप २०२२ को लागि अन्तिम २५ सदस्यीय टोली घोषणा गरेको छ । प्रशिक्षक डिडिएर डेस्च्याम्पसले स्टार खेलाडी पाउल पोग्वा र एनगोलो कान्टेलाई बाहिर राख्दै टोली तयार पारेका हुन् । दुवै खेलाडी चोटका कारण मैदान बाहिर छन् ।

चोटबाट फर्किने प्रयासमा रहेका डिफेन्डर राफाएल भारानलाई भने टोलीमा समेटिएको छ । समूह डी मा रहेको फ्रान्सले पहिलो खेल २२ नोभेम्बरमा अस्ट्रेलियासँग खेल्नेछ । समूहमा डनमार्क र ट्युनिसिया रहेका छन् ।

फ्रान्सको टोली :

गोलरक्षक : ह्युगो लोरिस, अल्फोन्स आरिओला, स्टिभ मान्डान्डा
रक्षक : लुकास हर्नान्डेज, थिओ हर्नान्डेज, प्रेस्नेल किम्पेम्बे, इब्राहिमा कोनाटे, जुल्स कुन्डे, बेन्जामिन पाभार्ड, विलियम सालिबा, दायोट उपमेकानो, राफाएल भारान
मिडफिल्डर : एडुआर्डो कामाभिन्गा, युसुफ फोफाना, माटियो गुएन्डोजी, एड्रिएन राबीओट, ओरेलिएन चुआमेनी, जोर्डन भेरेटु
स्ट्राइकर : करिम बेन्जेमा, किंग्सले कोमान, ओस्मान डेम्बेले, ओलिभिएर जिरुड, एन्टोइन ग्रिजमन, केलियन एमबाप्पे, क्रिस्टोफर एनकुन्कु

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
2
+1
0
+1
0
+1
1