विश्वकपमा ईङ्ल्याण्डसामु भारतको लज्जास्पद हार, धुरुधुरु रोए भारतिय कप्तान

क्रिकेट टि-२० बिश्वकप

काठमाडौँ । जारी टी–२० विश्वकपको दोस्रो सेमिफाइनल खेलमा ईङल्याण्डले भारतलाई १० विकेटले हराएको छ । टस हारेर पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा ६ विकेट गुमाउदै १६८ रन बनाएको थियो । १६९ रनको लक्ष्यसहित मैदानमा उत्रेको ईङल्याण्डले १६ ओभारमा १७० रन बनायो ।

उसका लागि ओपनर एलेक्स हेल्सले ८६ र जोस बटलरले नटआउट ८० रन बनाए । भारतका कुनै पनि बलरले विकेट लिन सकेनन् । यो जितसँगै ईङल्याण्ड फाइनलमा प्रवेश गरेको छ । उपाधिका लागि ईङल्याण्डले १३ नोभेम्बरमा पाकिस्तानसँग खेल्ने छ ।

टस हारेर पहिला ब्याटिंग गरेको भारतले २० ओभरमा ६ विकेट गुमाउँदै १६८ रन बनाएको हो । भारतका लागि हार्दिक पाण्डेयले ३३ बलमा ६३ रन बनाए । हार्दिकले ३३ बल खेल्दै ४ चौका र ५ छक्का प्रहार गरेर ६३ रन बनाएका थिए । त्यस्तै विराट कोहलीले ४० बलमा ५० रन बनाएर आउट भएका थिए ।

त्यस्तै कप्तान रोहित शर्माले २७ रन बनाएर आउट भए भने सुर्य कुमार यादवले १४ तथा केएल राहुलले ५ रन बनाएका थिए । त्यस्तै ऋषव पन्तले ६ रन बनाएका थिए । त्यस्तै ईङल्याण्डका बलर क्रिस जोर्डनले २ विकेट लिए भने क्रिस र आदील राशिदले एक एक विकेट लिएका थिए ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
1
+1
0
+1
13
+1
0
+1
2
+1
1