नेपालसँगको मैत्रीपूर्ण खेलका लागि पाकिस्तानी टोली घोषणा, यो टिममले नेपाललाई नेपालमै हराउँला त ?

फुटबल

काठमाडौं ।यही कात्तिक ३० गते नेपालसँग हुने मैत्रीपूर्ण खेलका लागि पाकिस्तानको टोली घोषणा भएको छ । पाकिस्तानले शुक्रबार हसन बसिरको कप्तानीमा टोली घोषणा गरेको हो ।खेलका लागि पाकिस्तानी टोली भोलि (आइतबार) नेपाल आइपुग्ने एन्फाले जनाको छ ।

नेपाली टोली रोहित चन्दको कप्तानीमा घोषणा भइसकेको छ । फिफाको नउलम्बन फुकूवा भएपछि पाकिस्तानले पहिलो पटक अन्तर्राष्ट्रिय खेल खेल्न लागेको हो ।

मैत्रीपूर्ण खेलका लागि पाकिस्तानको राष्ट्रिय टोली नोभेम्बर १३ मा नेपाल आउनेछ । मैत्रीपूर्ण खेल नोभेम्बर १६ मा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुनेछ ।

एन्फाले खेलको टिकट मूल्य सामान्य प्यारापिटको लागि ५०० र भिआइपी प्यारापिटको लागि एक हजार तोकिएको छ । एक भाग्यशाली विजेताले ब्राजिल र क्यामरुन बीचको विश्वकप खेलको टिकट पनि जित्नेछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
6
+1
0
+1
5
+1
0
+1
3
+1
2