दक्षिण कोरियाको विश्वकप खेल्ने टिमको घोषणा, को को परे ?

फिफा विश्वकप फुटबल

काठमाडौं : ह्युङ मिन सनको कप्तानीमा दक्षिण कोरियाले आगामी मंसिर ४ गतेबाट कतारमा सुरू हुने फिफा विश्वकपको लागि टोली घोषणा गरेको छ। मुख्य प्रशिक्षक पाउलो बेन्टोले अनुहारको चोटमुक्त हुने क्रममा रहेका इंग्लिस क्लब टोटेनहम हटस्परका फरवार्ड सनको कप्तानीमा २६ सदस्यीय टोली घोषणा गरेको हुन्।

च्याम्पियन्स लिगअन्तर्गत मार्सेविरुद्धको खेलमा अनुहारमा चोट लागेका सनले नोभेम्बर २ यता खेलेका छैनन्। टोलीमा इटालियन क्लब नेपोलीका डिफेन्डर किम मिन जाई र रियल मायोर्काका मिडफिल्डर लि काङले स्थान बनाएका छन्।

समूह एचमा रहेको लक्षिण कोरियाले पहिलो खेल मंसिर ८ गते उरूग्वेविरूद्ध खेल्नेछ। यस्तै दोस्रो खेलमा मंसिर १२ गते घानाविरूद्ध खेल्ने कोरियाले तेस्रो खेल पोर्चुगलविरूद्ध मंसिर १६ गते खेल्नेछ।

दक्षिण कोरियाको विश्वकप टोली

गोलकिपर – किम सेउङ–ग्यु, जो ह्योन वु र सङ बम किन
डिफेन्डर – किम मिन जाई, किम जिन सु, होङ चुल, किम मुन ह्वान, यून जोङ ग्यु, किम योङ ग्वन, किम ताए ह्वान, क्वोन क्युङ वोन र चो यो मिन
मिडफिल्डर – जङ वू–योङ, ना साङ हो, पाईक सेउङ हो, सन जुन हो, सोङ मिन–क्यु, क्वोन चाङ हुन, ली जे सुङ, ह्वाङ हे चान, ह्वाङ इन बियोम, जेअङ वु यङ र ली काङ इन
फरवार्ड – ह्युङ मिन सन, ह्वाङ उइ जो र चो गुए सुङ

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
1
+1
0

Leave a Reply

Your email address will not be published. Required fields are marked *