बिश्वकपको ठिक अगाडी चम्किए एमबाप्पे, नेयमार र मेसि, गोलको बर्षा गर्दै पिएसजीलाई जिताए

फुटबल

काठमाडौं । फ्रेन्च लिग वानमा अपराजित टोली पेरिस सेन्ट जर्मेन (पिएसजी) ले सानदार जित निकालेको छ। घरेलु मैदानमा पिएसजीले अक्जिरमाथि ५–० को सानदार जित हात पारेको हो । पिएसजीको जितमा केलियन एमबाप्पे, कार्लोस सोलेर, अचरफ हाकिमी, रेनाटो सान्चेज र ह्युगो इटिकेले गोल गरे।

पहिलो हाफमा एक गोल गरेको पिएसजीको दोस्रो हाफमा चार गोल थप्दै फराकिलो जित दर्ता गर्न सफल भयो। पार्क डेस प्रिन्सेसमा आइतबार राति भएको खेलको ११ औं मिनेटमा एम्बाप्पेको गोलबाट पिएसजीले सुरुरूआती अग्रता लिएको थियो। पहिलो हाफमा १-० ले अघि रहेको पिएसजीले दोस्रो हाफमा थप ४ गोल गर्‍यो।

खेलको ५१औं मिनेटमा नुनो मेन्डिसको पासमा कार्लोस सोलेरेले गोल गर्दै पिएसजीको अग्रता दोब्बर पारे। ५७ औं मिनेटमा अचरफ हाकिमीले गोल गर्दै पिएसजीलाई ३–० ले अघि बढाए। ८१ औं मिनेटमा रेनाटो सान्चेजले गोल गर्दै पिएसजीलाई फराकिलो जिततर्फ अघि बढाए। ८४औं मिनेटमा ह्युगोले गोल गर्दै पिएसजीलाई ५–० को फराकिलो जित दिलाए ।

यस जितसँगै लिग वानमा अपराजित रहेको पिएसजीको १५ खेलबाट ४१ अंक पुगेको छ। पिएसजीले १३ जित र २ बराबरीको नतिजा निकालेको हो। पराजित अक्जिर १३ अंक जोडेर १७औं स्थानमा छ। विश्वकप अघि यो नै लिग वानको अन्तिम चरण हो। अब विश्वकप पछि मात्रै लिग वानसँगै अन्य लिगहरु हुनेछन्।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
1
+1
4
+1
0
+1
1
+1
1
+1
1