रोनाल्डोले आक्रोशित हुँदै भने : ‘म्यानचेष्टर युनाईटेडबाट मलाई बेईज्जत गरेर निकाल्ने चलखेल हुदैछ’

समाचार

काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले आफूलाई ‘धोका’ दिएको क्रिष्टियानो रोनाल्डोले बताएका छन्। आफूलाई धोका दिएको र क्ललबाट बाहिरिन बाध्य बनाइएको महसुस गरेको रोनाल्डोले उल्लेख गरेका हुन्।पियर्स मोर्गनलाई दिएको बिस्तारित अन्तर्वार्ताको क्रममा पोर्चुगिज खेलाडी रोनाल्डोले म्यानचेस्टर युनाइटेडमा आफ्नो खेलजीवन बारे बताएका हुन्।

उनले गएको अगस्टमा आफ्नो पक्ष बताउने उल्लेख गरेका थिए। उनी लगातार म्यानचेस्टर युनाइटेडको टिमबाट बाहिर अर्थात् बेन्चमा रहन बाध्य छन्। रोनाल्डोको भनाइबारे अहिलेसम्म म्यानचेस्टर युनायटेडले टिप्पणी गरेका छैन। युनाइटेडले आइतबार राति भएको खेलमा फुलह्यामलाई २-१ ले पराजित गरेको थियो, ऊ प्रिमियर लिगको पाँचौँ स्थानमा छ।

रोनाल्डोले आफूलाई क्बलबाट निकाल्नका लागि भएको प्रयासबारे अन्तर्वार्ताको क्रममा भनेका छन्, ‘त्यो प्रयास भएको छ, प्रशिक्षक मात्रै नभएर क्लबका अरू दुई-तीन व्यक्ति पनि लागि परेका छन्। मलाई धोका महसुस भइरहेको छ।’

३७ वर्षका रोनाल्डोले आफूलाई क्लबका उच्च अधिकारले के भन्लान् वा आफूलाई असर पर्ला भन्ने कुनै चिन्ता नरहेको भन्दै सर्वसाधारणले सत्य जान्न पाउनु पर्ने उल्लेख गरेका छन्। उनले भनेका छन्, ‘केही व्यक्तिहरू म यहाँ भएको देख्न चाहेका छैनन्। यो वर्ष मात्रै होइन, गएको वर्ष पनि यस्तो भएको थियो।’

रोनाल्डोले गएको नोभेम्बर ६ यता खेलेका छैनन्। उनले प्रशिक्षक टेन हागप्रति सम्मान नरहेको पनि बताएका छन्। उनले भने, ‘उनीप्रति मेरो सम्मान छैन, किनकि उनले मप्रति सम्मान देखाएनन्। यदि कसैले मलाई सम्मान गर्दैन भने उसलाई पनि मैले कहिल्यै सम्मान गर्दिनँ।’ रोनाल्डोसँगको अन्तर्वार्ता आउँदो बुधबार र बिहीबार प्रशारण हुनेछ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
0
+1
1
+1
0
+1
2