युएईबिरुद्ध नेपालको संघर्षपुर्ण जित, नेपाली ब्याटिङ पुन: फ्लप

क्रिकेट

काठमाडौं । दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले यूएईलाई हराएकाे छ । आज बुधवार भएकाे खेलमा नेपालले यूएईलाई तीन विकेटले हरायाे । यूएईले दिएकाे एक सय ९२ रनकाे लक्ष्य नेपालले ४७ ओभर ५ बलमा सात विकेट गुमाएर भेटायाे । नेपालका लागि गुलशन झा र आरिफ शेखले साताैँ विकेटका लागि ६२ रनकाे साझेदारी गरे ।

यसअघि त्रिवि मैदानमा टस जितेर ब्याटिङ गरेको यूएईले ४३ ओभर २ बलमा एक सय ९१ रन बनाउँदा अलआउट भयो । यूएईका मुहम्मद वासिमले ५० र अलिशन शरफुले ३५ रन बनाए । नेपालका सोमपाल कामी र ललित राजवंशीले समान तीन विकेट लिए । त्यस्तै करन केसी, गुलशन झा, दीपेन्द्रसिंह ऐरी र कुशल भुर्तेलले समान एक/एक विकेट लिए ।

याे जितसँगै नेपालले तीन खेलकाे शृङ्खलामा एक–एककाे बराबरी गरेकाे छ । यसअघि भएकाे पहिलाे खेलमा यूएई ८४ रनले विजयी भएकाे थियाे । तेस्राे तथा निर्णायक खेल आउँदाे शुक्रवार हुनेछ ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
2
+1
0
+1
1
+1
1
+1
0