नाडालले इतिहाँस रचे, १३ औं पटक फ्रेन्च ओपन टेनिसको उपाधि

टेनिस

काठमाडौं । स्पेनिस खेलाडी राफायल नाडालले १३ औं पटक फ्रेन्च ओपन टेनिसको उपाधि जितेका छन् । पेरिसमा गएराति भएको फाइनलमा विश्व नम्बर एक नोभाक जोकोभिचलाई पराजित गर्दै नाडालले कीर्तिमानी १३ औं पटक फ्रेन्च ओपन जितेका हुन् ।

नाडालले फाइनलमा सर्बियन जोकोभिचलाई ६–०, ६–२ र ७–५ को सेटमा हराए । दोस्रो वरियताका नाडालले लगातार चौंथो वर्ष फ्रेन्च ओपन जितेका हुन् । जोकोभिच भने दोस्रो पटक फ्रेन्च ओपन जित्न असफल भएका छन् । नाडाल १३ पटक फ्रेन्च ओपनको उपाधि जित्ने एक्लो खेलाडी बनेका छन् ।

नाडालले पहिलोपटक सन् २००५ मा फ्रेन्च ओपन जितेका थिए । ३४ वर्षीय नाडालको यो करियरको २० औं ग्राण्डस्लाम उपाधि समेत हो । यससँगै नाडालले स्विस स्टार रोजर फेडेररले बनाएको सर्वाधिक २० ग्राण्डस्लाम उपाधि जित्ने खेलाडीको कीर्तिमानमा बराबरी समेत गरेका छन् ।

महिलातर्फको उपाधि पोल्याण्डकी इगा स्विटेकले जितेकी छिन् । फाइनलमा अमेरिकी खेलाडी सोफिया केनिनलाई हराएर स्विटेकले उपाधि जितेकी हुन् । १९ वर्षीय स्विटेकको यो खेल जीवनकै पहिलो ग्राण्डस्लाम उपाधि हो । एजेन्सी

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0