८२औं मिनेटमा अन्जनको गोलमा पाकिस्तानमाथि नेपालको जित

फुटबल

काठमाडौं : अन्जन विष्टको गोलमा नेपाली राष्ट्रिय फुटबल टिमले पाकिस्तानविरुद्ध मैत्रीपूर्ण खेलमा जित निकालेको छ । बुधबार भएको खेलमा नेपालले पाकिस्तानलाई १-० गोल अन्तरले हराएको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा नेपालका लागि अन्जनले गोल गर्दै टिमलाई जित दिलाएका हुन् । अन्जनले खेलको ८२ औं मिनेटमा गोल गर्दै नेपाललाई १-० को जित दिलाए ।

अन्जनले नेपालका लागि सर्वाधिक दोस्रो गोल गर्ने हरि खड्काको ११ गोलको इतिहाससँग बराबरी गरेका छन् । तीन वर्षपछि विश्व फुटबलमा फर्केको पाकिस्तानले उत्कृष्ट प्रदर्शन गरेको हो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
2
+1
0
+1
2
+1
1
+1
0
+1
0