बार्सिलोनाका लेवानडोस्कीलाई ला लिगामा तीन खेलको प्रतिबन्ध, यस्तो छ कारण

समाचार

काठमाडौँ । बार्सिलोनाका फरवार्ड रोबेर्ट लेवानडोस्कीलाई तीन खेलको प्रतिबन्ध लागेको छ । ला लिगा अन्तर्गत बार्सिलोनाको नोभेम्बर ९ मा सम्पन्न ओसासुनाविरुद्धको खेलमा रातो कार्ड पाएका लेवानडोस्कीलाई तीन खेलको प्रतिबन्ध लगाइएको छ । सो खेलमा लेवानडोस्कीले खेलको ३०औँ मिनेटमा रातो कार्ड पाएका थिए ।

यो प्रतिबन्धपछि लेवानडोस्कीले बार्सिलोनाका लागि ला लिगाका आगामी तिन खेल गुमाउने भएका छन् । लेवानडोस्कीले विश्वकपपछिका बार्सिलोनाले खेल्ने इस्पेनियोल, एटलेटिको म्याड्रिड र गेटाफेविरुद्धका खेल गुमाउने भएका छन् ।

लेवानडोस्कीको यस प्रतिबन्धले बार्सिलोनाको संकट भने बढेको छ । उनको अनुपस्थितिमा बार्सिलोनालाई हाल रियल म्याड्रिडमाथि लिएको २ अंकको अग्रता जोगाउने चुनौती हुने देखिएको छ । लेवानडोस्कीले यस सिजनमा १९ खेलमा १८ गोल गरेका छन् ।

त्यस्तै फुटबलबाट सन्यास लिएका बार्सिलोनाका भेट्रान डिफेन्डर जेरार्ड पिकेलाई ४ खेलको प्रतिबन्ध लगाइएको छ । सोहि खेलमा पिकेले हाफ टाइममा रेफ्रीलाई गाली गरेपछि रातो कार्ड दिइएको थियो । बार्सिलोनाका लागि अन्तिम खेल खेल्ने तयारीमा रहेका पिकेले सब्सटीच्यूटको रुपमा मैदानमा जान नपाउदै रातो कार्ड पाएका थिए । यद्यपी पिकेले सन्यास लिइसकेका हुनाले उनीमाथिको प्रतिबन्ध भने लागु हुने छैन ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
1
+1
0
+1
0
+1
1