सेनेगलका स्टार खेलाडी मानेले विश्वकपबाट बाहिरिए

फिफा विश्वकप समाचार

काठमाडौँ । साडियो माने विश्वकपबाट बाहिरिएका छन् । बायर्न म्युनिखबाट खेल्ने स्टार खेलाडी साडियो माने इन्जुरीका कारण विश्वकपबाट बाहिरिएको सेनेगलको फुटबल फेडेरेसनले जानकारी दिएको छ ।

विश्वकप अघिको बायर्न म्यूनिखको अन्तिम खेलमा माने घाइते भएका थिए । सो इन्जुरीपछि उनलाई सेनेगलको विश्वकप टिममा समावेश गरिएको थियो । तर उनको इन्जुरी ठिक नहुने भएपछि विश्वकप खेल्न नसक्ने भएका हुन् ।

३० बर्षिय माने सेनेगलका प्रमुख खेलाडी थिए । सेनेगललाई २०२१ को अफ्रिकी कप जिताएका मानेको अनुपस्थितिले सेनेगल संकटमा परेको विश्लेषण गरिएको छ । मानेले सेनेगलका लागि अहिलेसम्म ९३ खेलमा ३४ गोल गरेका छन् ।

त्यस्तै यसै सिजनको शुरुमा लिभरपुल छोडेर बायर्न म्युनिख पुगेका मानेले यस सिजनमा २३ खेलमा ११ गोल गरेका छन् । विश्वकपमा समुह ए मा रहेको सेनेगलले आफ्नो पहिलो खेल नेदरल्याण्डसविरुद्ध २१ नोभेम्बरमा खेल्दै छ ।

 

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
3
+1
0