शानदार लयमा फर्कियो नेपाली टिम, युएईलाई अन्तिम खेलमा हराउँदै शिरिजमाथि कब्जा

क्रिकेट

काठमाडौं । नेपालले युएईविरुद्धको एकदिवसीय सिरिज जितेको छ । काठमाडौँको किर्तिपुर स्थित टियु क्रिकेट मैदानमा सम्पन्न सिरिजको तेस्रो खेलमा ६ विकेटको जित हासिल गर्दै नेपालले युएईविरुद्धको सिरिज २-१ ले जितेको हो ।
युएईले दिएको १७७ रनको लक्ष्य पछाएको नेपालले ४०.१ ओभरमा ४ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो ।

नेपालको जितमा ओपनर आसिफ सेख र पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अर्धशतकीय पारी खेलेका थिए । आसिफले अविजित ८४ रन बनाए भने ज्ञानेन्द्र ६४ रन बनाएर औ भएका थिए । त्यस्तै कप्तान रोहित पौडेलले १० रन बनाए भने अर्जुन साउद ९ रन बनाएर आउट भएका थिए । त्यस्तै युएईका बलर हजरत बिलाल र आयान अफजल खानले एक एक विकेट लिएका थिए ।

यसअघि टस हारेर पहिला ब्याटिंग गरेको युएईले ५० ओभरमा ९ विकेट गुमाउदै १७६ रन बनाएको थियो । युएईका लागि आलिशान शाराफुले ३३ रन बनाए भने रोहण मुस्तफाले २४ रन बनाएका थिए । त्यस्तै मुहमद वसीमले ११ रन बनाए । त्यस्तै अन्तिम विकेटका लागि हजरात बिलाल र आयान अफजाल खानले अविजित ८३ रनको साझेदारी गरेका थिए । विलालले २० रन बनाए भने आयानले अविजित ५४ रन बनाएका थिए ।

त्यस्तै नेपाली बलर गुलसन झा, कुशल भुर्तेल र दिपेन्द्र सिंह ऐरीले २-२ विकेट लिए भने सोमपाल कामी र ललित राजबंशीले एक एक विकेट लिएका थिए । यो जितपछि तीन खेलको सिरिज नेपालले २-१ ले जितेको छ । सिरिजको पहिलो खेल युएईले जितेको थियो भने त्यसपछिका दुवै खेल नेपालले जितेको थियो । यो नेपालले घरेलु मैदानमा जितेको पहिलो एकदिवसीय सिरिज पनि हो ।

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
2
+1
0
+1
0
+1
0