इराकमा रात्रीकालिन अभ्यासमा नेपाली फुटबल टिम ( फोटो फिचर )

फुटबल फोटो

काठमाडौं : सन् २००७ को एएफसी एसियन कप च्याम्पियन इराकसँग भोलि मैत्रीपूर्ण खेल खेल्दैछ । यो खेल इराकको बसरा अन्तराष्ट्रिय मैदानमा हुँदैछ । २३ खेलाडीसहित ३५ सदस्सीय नेपाली राष्ट्रिय फुटबल टोली बुधबार इराकको बस्रा पुगिसकेको छ।

एसियन च्याम्पियन तथा बिश्वकप समेत खेलिसकेको इराकसँगको खेल नेपालको लागि निकै चुनौतिपुर्ण हुनेछ । तुलनात्मक रुपमा इराक नेपालभन्दा निकै बलियो टिम हो । फिफा वरीयतामा नेपालभन्दा इराक १०३ स्थान माथि छ। इराक विश्व वरीयतामा ६८ औं स्थानमा छ भने नेपाल १७१ औं स्थानमा छ। एसियाली वरियतामा इराक सातौं स्थानमा छ ।

यसैबिच कुवेती प्रशिक्षक अब्दुल्लाह अलमुताईरी छनोट गरेको २३ सदस्सीय नेपाली युा टिमले हिजो इराकमा अभ्यास गरेको छ । बसरा गभर्नोरेटको स्पोर्ट्स सिटी स्टेडियममा नेपालले ट्रनिङ गरेको हो । हेर्नुस नेपालको ट्रेनिङका फोटो फिचरहरु

 

(फोटो : इराक फुटबल एसोशिएसन )

Facebook Comments Box
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
2
+1
22
+1
6
+1
5
+1
2
+1
2
+1
2
Tagged